• २०८१ बैशाख २१ शुक्रबार

नेकपा सचिवालय बैठक जारी : प्रतिवेदनमाथिको छलफल बुधबार

kharibot

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकमा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका प्रतिवेदनमाथि छलफल शुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

उनका अनुसार ''पार्टीको संकट समाधानका सन्दर्भमा गरिएको छलफल अझै सकिएको छैन । औपचारिक छलफलका साथसाथै नेताहरुबीच अनौपचारिक छलफल र अन्तरक्रियाको क्रम पनि अगाडी बढाउनु उपयुक्त हुने आजको बैठकले ठानेको छ । जस अनुसार औपचारिक बैठक भोलि १ बजे फेरी बस्ने छ ।'' 

आजको प्रारम्भिक छलफलमा मूलतः कमरेड प्रचण्ड र कमरेड केपी शर्मा ओलीले आफ्नो धारणाराखेको उनले बताएका छन् । अझै प्रतिवेदन र पार्टी संकटको चुरो कारण, त्यसको समाधान र निकासको विषयमा गम्भीर छलफल बाँकी नै रहेको उनले बताए ।

'साझा प्रस्ताव बनाएर अगाडि बढ्ने कि यतिकै अगाडि बढ्ने ?' भन्ने पत्रकारको प्रश्नमा श्रेष्ठले भने – पार्टी एकताको रक्षा गर्दै, पार्टीमा देखापरेको समस्याहरुको कारणको पहिचान गर्दै समस्या समाधान गर्ने दिशातिर जाने गरि छलफल अगाडि बढाउने हाम्रो प्रयत्न छ । त्यस शिलशिलामा बैठकमा र अनौपचारिकमा भएका छलफलहरु ले नै एउटा निष्कर्षको दिशा तिर अगाडि बढाउने प्रयत्न गर्दै छन् । मूलतः बैठकमा हुने छलफलहरु ले नै एउटा निष्कर्ष प्रधान गर्ने छ ।

मंसिर १८ गते बस्ने स्थायी कमिटिको बैठक भने पुर्व निर्धारित नै हुने उनले बताएका छन् । सुरक्षा थ्रेटका कारण धुम्बाराहिमा बस्ने भनिएको सचिवालय बैठक बालुवाटारमा सारिएको विषयमा भने आफुलाई कुनै जानकारी नभएको श्रेष्ठले बताए ।

'राजाबादीहरु सडकमा नारिबाजी गरिरहेको अवस्थामा तपाई र पाटीको बिचार के हो ?' भन्ने प्रश्नमा उनले भने - प्रतिगामी शक्तिहरुले नेपालमा फेरी प्रतिगमनको सफलता प्राप्त गर्ने नसोचे हुन्छ । निश्चित रुपमा लोकतान्त्रिक अभ्यासको क्रममा केहि कमी कमजोरी भएका छन् भने त्यसको समिक्षा गरेर हामि अगाडि बढ्छौँ तर जनताद्वारा विस्थापित शक्तिहरुले फेरी पुन:स्थापित गर्ने नसोचे हुन्छ ।

प्रचण्डले गत कात्तिक २८ र प्रधानमन्त्री ओलीले मंसिर १३ मा छुट्टाछुट्टै प्रतिवेदन सचिवालयमा प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै