• २०८१ बैशाख २३ आइतबार

वेस्टइन्डिजविरुद्धको टी-२० सिरिज न्युजील्याण्डले जित्यो

kharibot

काठमाडौँ । न्युजील्याण्डले वेस्टइन्डिजविरुद्धको टी-२० सिरिज जितेको छ । आइतबार सम्पन्न दोस्रो खेलमा वेस्टइन्डिजलाई ७२ रनले जितेसँगै सिरिज २-० ले जितेको हो ।

न्युजील्याण्डले दिएको २३९ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले २० ओभरमा ९ विकेट गुमाउदै १६६ रन मात्र बनाएको थियो ।

वेस्टइन्डिजका लागि केरन पोलार्डले २८ रन बनाए भने शिमरन हेटमायरले २५, किमो पाउलले २६, आन्द्रे प्लेचर र किल मायर्सले २०-२० रन बनएका थिए ।

न्युजील्याण्डका बलर मिचेल सान्टनर र किल जामेसनले २-२ विकेट लिए भने टिम साउथी, लुकी फर्गुसन, इस सोढी र जिम्मी निशामले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको न्युजील्याण्डले २० ओभरमा ३ विकेट गुमाउदै २३८ रन बनाएको थ्यियो ।

वेस्टइन्डिजका लागि ग्लेन फिलिपले ५१ बलमा १०८ रन बनाएका थिए । त्यस्तै डेभोन कोनवेले ३७ बलमा ६५ रन बनाए । त्यसैगरी मार्टिन गप्टिलले ३४, टिम सेइफेर्टले १८ रन बनाए ।

त्यस्तै वेस्टइन्डिजका बलर ओसमान थोमस, फबियन एलेन र केरन पोलार्डले एक एक विकेट लिएका थिए ।

यो जितपछि न्युजील्याण्डले तीन खेलको सिरिज २-० ले जितेको छ । अब सिरिजक अन्तिम खेल सोमबार खेल्दै छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै