• २०८१ बैशाख २० बिहीबार

नेकपा सचिवालय बैठक १ बजेनै बस्ने, मन्त्रिपरिषद बैठक एकघण्टा पछि सारियो

kharibot

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अपराहन्न १ बजे नै बस्ने भएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक यस अघि तोकिएकै समयमा अपराहन्न १ बजे बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।

त्यस्तै सचिवालय बैठककै समयमा बोलाइएको मन्त्रिपरिषद बैठक भने एक घण्टा पर २ बजेका लागि सारिएको छ । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक अपराहन्न १ बजेका लागि नै बोलाएका थिए ।

यस अघि कार्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको १९ पेजको प्रतिवेदनपछि तरंगित भएको नेकपाको आजको सचिवालय बैठकप्रति सबैको ध्यानाकर्षण भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै