• २०८१ बैशाख २० बिहीबार

नेकपा सचिवालय बैठक : दुवै अध्यक्षको पत्र सदस्यलाई वितरण, बैठक मङ्सिर ३ मा बस्ने

kharibot

फाइल तस्बीर

काठमाडौँ  । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । शुक्रबार अपराह्न ४ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । 

आजको बैठकमा पार्टीमा अहिले उत्पन्न संकटको समाधानलाई एजेण्डा बनाएर छलफल गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।    

आजको बैठकमा सचिवालय बैठक माग गर्दै कात्तिक २२ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका असन्तुष्ट पाँच सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको पत्र र त्यसको जवाफमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई दिएको पत्र अध्ययनका लागि सचिवालयका सदस्यहरुलाई वितरण गरिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

दुवै पत्र अध्ययन गरेर आगामी मंसिर ३ गते १ बजे बस्ने गरि स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै