काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना डिपोर्टिभो आल्भेजसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको ३१औ मिनेटमा आल्भेजका लुइस रिओजाले गोल गर्दै बार्सिलोनामाथि शुरुवाती अग्रता लिएका थिए । पहिलो हाफमा १-० ले पछि परेको बार्सिलोनाका लागि दोस्रो हाफको ६३औ मिनेटमा एन्टोनी ग्रीजम्यानले गोल गर्दै खेल बराबरी गरेका थिए । खोलको ६२औ मिनेटमा आल्भेजका जोटाले दोस्रो पहेलो कार्ड पाउदै मैदान छोडेपछि अल्भेज १० खेलाडीमा सिमित भएको थियो ।
यो बराबरीपछि बार्सिलोनाले यस सिजनको ला लिगामा खराब शुरुवात गरेको छ । अहिलेसम्म खेलेका ६ खेलमा केबल २ जित हासिल गरेको छ भने २ बराबरी र २ खेलमा हार बेहोरेको छ । बार्सिलोनाको लिगमा अहिले ८ अंक छ भने १२औ स्थानमा झरेको छ ।