बारा । बारामा बुधवार बुधवार राती करिब ९: ३० बजे प्रहरी र स्थानीयबीच झड्प हुँदा एक जना प्रहरीसहित एक स्थानीय घाइते भएका छन् ।
जिल्लाको सुवर्ण गाउँपालिकास्थित कबही गोठमा बारा प्रहरीले तस्करीको समान नियन्त्रण गरि कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा स्थानीयले बिरोध गरि प्रहरी र प्रहरीको गाडीमा ढुङ्गा मुडा गरे पछि केहि राउन्ड गोली फाएर भएको छ ।
जसमा प्रहरीले गरेको हावाई फाएरमा गोली लागेर एक जना स्थानीय गम्भीर घाइते भएका छन् भने एक जना प्रहरीका सई घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगनिले जानकारी दिए ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उपरीक्षक पंगनिले बताए ।









