• २०८३ असोज ५ सोमबार

कोलकोतामाथि किंग्स इलेभेन पञ्जाबको ८ विकेटको जित

कोलकोतामाथि किंग्स इलेभेन पञ्जाबको ८ विकेटको जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले कोलकोता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

कोलकोताले दिएको १५० रनको लक्ष्य पछाएको पञ्जाबले १८.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

पञ्जाबको जितमा मनदीप सिंह र क्रिस गेलले अर्धशतक बनाएका थिए । मनदीपले अविजित ६६ रन बनाए भने क्रिस गेलले ५१ रन बनाए । त्यस्तै कप्तान केएल राहुलले २८ रन बनाएर आउट भएका थिए भने निकोलस पुरनले अविजित २ रन बनाए ।

कोलकोताका लागि एक विकेट वरुण चक्रवर्तीले लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै १४९ रन बनाएको थियो । कोलकोताका लागि शुभमन गिलले ५७ रन बनाए भने कप्तान इयोन मोर्गनले ४० रन बनाए । त्यस्तौ लुकी फर्गुसनले २४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पञ्जाबका बलर मोहमद सामीले ३ विकेट लिए भने क्रिस जोर्डन र रवी विश्नोईले २-२ विकेट लिए । त्यस्तै मुर्गन आश्विन र ग्लेन म्याक्सवेलले एक-एक विकेट लिए ।

यो जितपछि पञ्जाबले १२ खेलमा छैठौ जित हासिल गरेको छ । पञ्जाब १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ । त्यस्तै कोलकोता १२ खेलमा छैठौ हार बेहोरेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै