काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले सनराइजर्स हैदरावादमाथि सनसनीपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जाब १२ रनले विजयी भएको हो ।
पञ्जाबले दिएको केवल १२७ रनको लक्ष्य पछाएको हैदरावाद १९.५ ओभरमा ११४ रन बनाएर अलआउट भएपछि खेल १२ रनले हारेको थियो ।
हैदरावादका लागि डेविड वार्नरले ३५ रन बनाए भने विजय शंकरले २६ रन बनाए । त्यस्तै जोनी बैरस्ट्रवले १९, मनिष पाण्डेले १५ रन बनाए । हैदरावादका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेन ।
पञ्जाबका बलर अर्शदीप सिंह र क्रिस जोर्डनले ३-३ विकेट लिए भने मोहमद सामी, मुर्गुल आश्विन र रवि बिस्नोईले एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउदै १२६ रन बनाएको थियो ।
पञ्जाबका लागि निकोलस पुरनले सर्बाधिक ३२ रन बनाए भने कप्तान केएल राहुलले २७ रन बनाए । त्यस्तै क्रिस गेलले २० रन बनाए भने मनदीप सिंहले १७ र ग्लेन म्याक्सवेलले १२ रन बनाए ।
हैदरावादका बलर सन्दीप शर्मा, जासन होल्डर, राशिद खानले २-२ विकेट लिएका थिए ।
यो जितसँगै किंग्स इलेभेन पञ्जाबले ११ खेलमा पाँचौं जित हासिल गरेको छ । पञ्जाब १० अंकसहित अंक तालिकामा पाँचौ स्थानमा रहेको छ ।बत्यस्तै हैदरावादले भने ११ खेलमा आठौ खेलमा हार बेहोरेको छ ।
आइपिएल अन्तर्गत आज पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपरकिंग्स बीच हुने छ भने दोस्रो खेल राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच हुने छ ।