• २०८३ असोज ५ सोमबार

राजस्थान रोयल्समाथि हैदरावादको ८ विकेटको जित

राजस्थान रोयल्समाथि हैदरावादको ८ विकेटको जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ । राजस्थानले दिएको १५५ रनको लक्ष्य पछाएको हैदरावादले १८.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

हैदरावादका लागि मनिष पाण्डेले ४७ बलमा अविजित ८३ रन बनाएका थिए भने विजय शंकरले अविजित ५२ रन बनाएका थिए । त्यस्तै जोनी बैरस्ट्रवले १० रन बनाए भने डेविड वार्नरले ४ रन बनाए ।

राजस्थानका बलर जोफ्रा आर्चरले २ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

राजस्थानका लागि सन्जु सामसनले ३६, बेन स्टोकले ३०, रियान परागले २०, रोबिन उथप्पाले १९ र जोफ्रा आर्चरले १६ रन बनाएका थिए ।

हैदरावादका बलर जासन होल्डरले ३ विकेट लिएका थिए भने विजय शंकर र राशिद खानले एक एक विकेट लिएका थिए ।

यो जितपछि हैदरावादले १० खेलमा चौथो खेल जितेको छ । त्यस्तै राजस्थानले भने योसँगै सातौ खेल हारेको छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै