• २०८१ जेठ ६ आइतबार

भरतपुर अस्पतालमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु

kharibot

फाइल तस्बीर

चितवन । भरतपुर अस्पतालमा उपचारत तनहुँ जिल्ला, शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर् जिल्ला हेटौडा-५ बस्ने ३३ वर्षीय गर्भवती महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार असोज ३० गते कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वाशमा समस्या भई अस्पतालको आइसोलेसनमा भर्ना भएकी ३७ हप्ताकी गर्भवती महिलालाई स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कार्तिक ५ गते आइसीयुमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनको विहिबार बिहान ६:१५ मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै