काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ । दिल्लीले दिएको १६५ रनको लक्ष्य पछाएको पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
पञ्जाबको जितमा निकोलस पुरनले २८ बलमा ५३ रन बनाए भने ग्लेन म्याक्स वेलले ३२ र क्रिस गेलले १३ बलमा २९ रन बनाएका थिए ।
त्यस्तै कप्तान केएल राहुलले १५, मयंक अग्रवालले ५ दिपक हड्डाले अविजित १५ र जेम्स नीशामले अविजित १० रन बनाए ।
दिल्लीका बलर कागीसो रबाडाले २ विकेट लिए भने अक्सर पटेल र आर आश्विनले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै दिल्लीले २० ओभरमा ५ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।
दिल्लीका लागि शिखर धवनले शतकीय पारि खेलेका थिए । धवनले ५७ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका थिए । धवनले अविजित १०६ रन बनाएका थिए । धवनको आइपिएलमा यो लगातार दोस्रो शतक हो । उनले अघिल्लो खेलमा चेन्नई सुपरकिंग्सविरुद्ध अविजित १०१ रन बनाएका थिए ।
त्यस्तै कप्तान श्रेयस अय्यर र रिषव पन्तले १४-१४ रन बनाए भने पृथ्वी शाले ७ रन बनाएका थिए । त्यस्तै मार्कोस स्टोइनिस ९ रन बनाएर आउट भए भने शिमरन हेटमेयरले १० रन बनाए ।
पञ्जाबका बलर मोहमद सामीले २ विकेट लिए भने ग्लेन म्याक्सवेल, जेम्स नीशाम र मुर्गन आश्विनले एक एक विकेट लिएका थिए ।
यो जितसँगै किंग्स इलेभेन पञ्जाबले चौथो जित हासिल गरेको छ । पञ्जाबले १० खेलमा ४ जित र ६ हार बेहोरेको छ । त्यस्तै दिल्लीको भने १० खेलमा यो तेस्रो हार हो ।
आइपिएल अन्तर्गत बुधबार कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्स बीच हुदै छ ।









