काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले कोलकोता नाइटराइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।
कोलकोताले दिएको १४९ रनको लक्ष्य पछाएको मुम्बईले १६.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
मुम्बईका लागि क्वेंटन डिककले अविजित रहादै ४४ बलमा ७८ रन बनाएका थिए भने कप्तान रोहित शर्माले ३५ रन बनाएका थिए । त्यस्तै हार्दिक पाण्डेयले अविजित २१ रन बनाए भने सूर्यकुमार यादवले १० रन बनाएका थिए ।
कोलकोताका बलर वरुण चक्रवर्ती र शिभम माभीले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ५ विकेट गुमाउदै १४८ रन बनाएको थियो ।
कोलकोताका लागि पाट कमिन्सले अर्धशतकीय पारि खेलेका थिए । कमिन्सले ३५ बलमा अर्धशतक पुरा गरेका थिए भने अविजित रहदै ५३ रन बनाए ।
त्यस्तै नयाँ कप्तान इयोन मोर्गनले अविजित २९ बलमा ३९ रन बनाए ।
कमिन्स र मोर्गनबीच छैठौ विकेटका लागि ९.२ ओभरमा ८७ रनको साझेदारी गरेका थिए ।
त्यस्तै शुभमन गीलले २१, राहुल त्रिपाठीले ७, नितिश रानाले ५, दिनेश कार्तिकले ४ र आन्द्रे रसेलले १२ रन बनाए ।
मुम्बईका बलर राहुल चहरले २ विकेट लिए भने ट्रेन्ट बोल्ट, नाथन क्ल्टर नील र जसप्रित बुमराहले एक एक विकेट लिए ।
यो जितसँगै मुम्बई इण्डियन्सले ८ खेलमा ६ जितसहित १२ अंक हासिल गरेर अंकतालिकामा शिर्ष स्थानमा उक्लिएको छ ।
त्यस्तै कोलकोताले भने ८ खेलमा चौथो हार बेहोरेको छ भने ४ खेलमा जित हासिल गरेको छ ।
आइपीएल अन्तर्गत शनिबार दुई खेल हुदै छन् । पहिलो खेल राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंगलोरबीच हुदै छ भने दोस्रो खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपरकिंग्सबीच हुदै छ ।









