• २०८१ बैशाख २१ शुक्रबार

डा. युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

kharibot

काठमाडौँ । सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खतिवडालाई मन्त्रीसरहको सुबिधा पाउने गरि नियुक्त गरिएको जानकारी दिएका छन् ।

खतिवडाले यहि भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । उनी सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार मन्त्री पदमा रहेका थिए । 

राष्ट्रिय सभा सदस्यको पदावधि सकिइसकेका खतिवडाले गत फागुन २१ मा शपथ लिएका थिए । खतिवडाको संसद सदस्य पद फागुन २० गते सकिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै