• २०८१ बैशाख १६ आइतबार

साउदी युवराज सलमानले अमेरिकी विदेशमन्त्री ब्लिन्कनको गरे अपमान !

kharibot

काठमाडौँ । इजरायल–हमास युद्धका कारण अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले अरब देशको भ्रमण गरेका छन् । यसै क्रममा साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई कथित रूपमा 'अपमान' गरेको समाचार आएको छ ।

साउदी अरेबिया पुगेका ब्लिन्कनलाई साउदी युवराज सलमानले भेटका लागि धेरै घण्टा कुराएको रिपोर्ट बाहिर आएको छ । यति मात्र होइन, उनीहरुलाई लामो समय पर्खाइमा पनि युवराज सलमानले ब्लिन्कनलाई भेटेनन् र अर्कोदिन दुवै नेता भेटेको वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।

अमेरिकी विदेशमन्त्री ब्लिन्कन शनिबार रियाद पुगेका थिए । रियाद पुगेपछि साँझ ब्लिन्केन र साउदी युवराज सलमानबीच भेट हुने तय थियो तर धेरै घण्टा कुर्दा पनि युवराज सलमानले शनिबार ब्लिन्कनसँग भेट गरेनन् । त्यसपछि आइतबार बिहान दुई नेताबीच भेटवार्ता भएको थियो । तर, शनिबारको बैठकमा युवराज सलमान नआउनुको कारण भने खुल्न सकेको छैन ।

भेटपछि पनि दुई देशको भनाइमा पनि फरक देखिएको छ । मिडियासँग कुरा गर्दै ब्लिन्कनले साउदी युवराज सलमानसँगको कुराकानी निकै राम्रो भएको बताए । उनले इजरायलसँग आफ्ना नागरिकको सुरक्षा गर्ने र उनीहरूमाथि हुने आक्रमणको जवाफ दिने पूर्ण अधिकार रहेको बताए । ब्लिन्कनले यो द्वन्द्व नचर्कोस् भनेर आफूले सक्दो प्रयास गरिरहेको पनि बताए । 

साउदी अरेबियाका सञ्चारमाध्यमका अनुसार भेटका क्रममा साउदी अरेबियाका युवराज सलमानले वर्तमान द्वन्द्व रोकिनुपर्ने र अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्ने बताएका छन् । साउदी अरेबियाले इजरायलले गाजामा बिजुली र पानीको आपूर्ति पुनः सुरु गर्ने कुरा पनि गरेको छ। साउदी अरेबियाले पनि इजरायलको कदमप्रति असन्तुष्टि व्यक्त गरेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै