Skip This
  • २०८१ मङ्सिर ५ बुधबार

अविश्वसनीय पुनरागमन गर्दै थिएमले जिते युएस ओपनको उपाधि

kharibot

काठमाडौँ । युएस ओपनको पुरुष सिंगलको उपाधि अस्ट्रियन खेलाडी डोमिनिक थिएमले जितेका छन् ।

थिएम २ सेटले पछि परेको अवस्थामा अविश्वसनीय पुनरागमन गर्दै आइतबार यूएस ओपनको उपाधि जितेका हुन् ।

आफ्नो पहिलो ग्रान्ड स्लाम जित्ने क्रममा थिएमले दुई सेटले पछाडि रहेको स्थिति उल्टाएर जर्मनीका पाँचौं वरीयतामा एलेक्जेन्डर जेभरेभलाई २–६, ४–६, ६–४, ६–३ र ७–६ ले पराजित गरेका हुन् ।

यूएस ओपन इतिहासमै दुई सेटले पछाडि रहेर पनि उपाधि जितेको यो पहिलो पल्ट हो ।

 दोस्रो वरीयताका २७ वर्षीय थिएम यूएस ओपन जित्ने पहिलो अस्ट्रियाली पनि भएका छन् । आर्थर ऐस स्टेडियममा भएका यो फाइनल खेल खेल ४ घण्टा २ मिनेटसम्म चलेको थियो । 

उनी यस अघि २०१६ मा अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र युएस ओपनको फाइनलमा पराजित भएका थिए भने २०१४ र २०१५ मा फ्रेन्च ओपनको फाइनलमा तथा २०१४ मा युएस ओपनको फाइनलमा पराजित भएका थिए । 

त्यस्तै जर्मनीका जेभरेभ भने पहिलो पल्ट ग्रान्ड स्लाम फाइनल खेलेका हुन् ।

यस प्रतियोगितामा राफेल नाडाल र रोजर फेडेररले खेलका थिएनन भने नोभाक जोकोभिच प्रतियोगितामा अयोग्य घोषित हुदै बाहिरिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै