• २०८१ बैशाख २२ शनिबार

लियोन म्यान्चेस्टर सिटीलाई हराउदै च्याम्पियन्स लिगको सेमिफाइनलमा

kharibot

काठमाडौँ । फ्रेन्च क्लब लियोन म्यान्चेस्टर सिटीलाई पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा लियोनले सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

लियोनको जितमा मोउसा डेम्बेलेले २ गोल गरेका थिए भने म्याक्सवेल कोरनेटले एक गोल गरेका थिए । त्यस्तै सिटीका लागि एक गोल केभिन डी ब्रुनेले गरेका थिए ।

सिटीका फरवार्ड रहिम स्टरलिंगले सिटी २-१ ले पछाडी रहेको अवस्थामा गोलकिपरसँग वान टु वान अवसरलाई गोल गर्न चुकेका थिए । यो मिस सिटीलाई निकै महँगो परेको छ भने अन्तत सिटी ३-१ गोल अन्तरले पराजित हुदै च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।   

योसँगै लियोनले अन्तिम १६ मा युभेन्टसलाई र क्वाटरफाइनलमा म्यानचेस्टर सिटीलाई बाहिर पठाउदै आफु सेमिफाइनलमा पुगेको छ ।

अब लियोनले सेमिफाइनलमा जर्मनी च्याम्पियन बायर्न म्युनिखसँग खेल्ने छ । दुवै बीचको खेल अगस्त १९ मा हुने छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै