• २०८१ बैशाख २३ आइतबार

फ्रान्सका राष्ट्रपति म्याक्रोन लेबनान भ्रमणमा

kharibot

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन लेबनान भ्रमणका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भिषण बिस्फोट भएपछि लेबनान भ्रमण गर्ने उनी पहिलो राजनेता हुन् । 

राष्ट्रपति म्याक्रोनले लेबनानका राष्ट्रपति मिसेल आउन र प्रधानमन्त्री हस्सन डायब सहित सबै प्रमुख राजनीतिक नेताहरुसँग लेबनानको पछिल्लो आर्थिक तथा राजनीतिक अवस्थाका बारेमा विचार विमर्श गर्ने छन् ।

उनले लेबनानका लागि आपतकालीन सहायता जुटाउन विशेष रुपमा पहल गर्ने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विगतमा फ्रान्सको उपनिवेश रहेको लेबनानमा आर्थिक सुधारका कार्यक्रममा फ्रान्सले नेतृत्वदायी भूमिका खेल्ने लेबनानको विश्वास छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै