• २०८१ बैशाख २० बिहीबार

एआर रहमानको आरोप - बलिवुडमा मेरोविरुद्ध एउटा समुह लाग्यो

kharibot

काठमाडौँ । बलिवुडमा अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि शुरु भएको नातावाद र कृपावादको बहस जारी रहेको छ । यसैबीचमा चर्चित संगीतकार एआर रहमानले आफुविरुद्ध पनि गुटबन्दी भएको खुलासा गरेका छन् ।

एक अन्तर्वार्तामा रहमानले फिल्म निर्माताहरुबीच आफुविरुद्ध भ्रम रहेको आरोप लगाउदै एक गिरोहले यस्तो काम गरेको बताएका छन् ।

रहमानले सुशान्तको अन्तिम फिल्म दिल बेचारामा संगीत दिएका छन् । रहमानले भनेका छन् - 'फिल्मको बारेमा बोल्दै रहमानले मैले राम्रो फिल्मलाई कहिल्लै अस्विकार गर्दिन । तर मेरो विश्वास छ की एक समुह छ जसले मेरा विरुद्ध अफवाह फैलाइरहेको छ र भ्रम पैदा भएको छ । जब दिल बेचाराका निर्देशक मुकेश छाबडा मसंग आए मैले दुई दिनमा नै चार गीत बनाएर दिए ।'

मुकेशले आफु कँहा नजान धेरैले सल्लाह दिएको बताउदै रहमानले फिल्म निर्माता बीच भ्रम पैदा गराइएको बाताए ।

रहमानले भने - 'मलाई अहिले आएर आफुलाई थाहा भयो की मलाई काम किन कम मिलिरहेको छ र म सँग निर्माताहरु किन आइरहेका छैनन् ।'

साथै रहमानले मानिसहरु मेरो संगीत सुन्न चाहन्छन तर एक समुह जसले त्यो हुन दिइरहेको छैन ।

रहमानले अन्तर्वार्तामा आफुले भाग्यमा विश्वास गर्ने बताउदै अहिले आफुले आफ्ना फिल्ममा काम गरिरहेको भन्दै राम्रो फिल्म आफुले अस्विकार नगर्ने र सबैलाई स्वागत गर्ने बताए ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै