• २०८१ मङ्सिर ८ शनिबार

कन्चनपुरमा थप २६ जनामा कोरोना पुष्टि

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा २६ जना कोरोना संक्रमित थपिएका छन् । 

सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेका अनुसार संक्रमित सबै कन्चनपुर जिल्लाका हुन् ।

कंचनपुरको बेलौरीका २ महिलासहित ५ जना, बेलडाँडीका ८ पुरुष र शुक्लाफाँटाका ३ महिलासहित १३ जना रहेको उनले जानकारी दिएका छन् ।

योसँगै सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा अहिलेसम्म एक हजर १९० जनालाई पोजेटिभ देखिएको छ ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै