• २०८१ बैशाख २३ आइतबार

बैदेशिक व्यापार निराशाजनक : ११ महिनामा १० खर्ब १२ अर्ब ८१ करोडको घाटा

kharibot

काठमाडौ । मुलुकको बैदेशिक व्यापार निराशाजन देखिएको छ ।

बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण सिंगो बिश्व नै लक डाउनको अवस्थामा जाँदा मुलुकको आयात निर्यातमा संकुचन आउँदा पनि नेपालले २०७६-७७ को ११ महिनामा १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ । 

देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी नेपाल राष्ट बैकको ११ महिनाको प्रतिवेदन अनुसार नेपालले ११ खर्ब ८१ करोड रुपैयाँ बराबरको सामान आयात गरेको भने ८८ अर्ब रुपैयाँको सामान निर्यात गरेको छ ।

मुलुकको आयात निर्यातमा परेकाले पनि यस बर्ष गत बर्षको तुलनामा आयात, निर्यात र बैदेशिक व्यापार घाटामा समेत बिगतका बर्षहरुको तुलनामा केही कमी आएको हो । आर्थिक वर्ष २०७६-७७ को ११ महिनामा कुल वस्तु निर्यात शुन्य दसदमल दुई प्रतिशतले मात्र बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १९ दसमलव चार प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ११ दसमलव दुई प्रतिशतले निर्यात वृद्धि हुदा चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४२ दसमलव एक प्रतिशत र १८ दसमलव तीन प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, जडिबुटी, प्लाष्टिकका भाँडा, एम.एस. पाइप लगायतका वस्तुको निर्यात बढेको छ भएपनि जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो,ऊनी गलैंचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ । 

कुल वस्तु आयात १५ दसमलव तीन प्रतिशतले घटेको छ । बस्तु आयात घट्नुको प्रमुख कारण आन्तरिक उत्पादन बलियो भएको नभएको कोभिड १९ को नियन्त्रणको लागि गरिएको लक डाउन देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७ दसमलव तीन प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २० दसमलव तीन प्रतिशत, नौ प्रतिशत र चार दसमलव एक प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेल लगायतका वस्तुको आयात बढेको भएपनि सुन, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेशीनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको देखिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय