• २०८१ बैशाख १७ सोमबार

अभिनेत्री साम्राज्ञीको भुवन केसीमाथि दुर्व्यवहारको आरोप !

kharibot

काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाहले सदाबहार नायक, निर्देशक तथा निर्माता भुवन केसीमाथि दुर्व्यवहारको आरोप लगाएकी छन् ।

सामाजिक संजाल इन्स्टाग्राममा एक भिडियो पोष्ट गर्दै सम्राज्ञीले फिल्म ड्रिम्सको समयमा आफूमाथि दुर्व्यबहार भएको आरोप लगाएकी हुन् ।

सम्राज्ञीको आरोपपछि भुवन केसीले फेसबुकमा आक्रोशपूर्ण स्टाटस लेख्दै ‘ड्रिम्स’को नाम बेचेर अहिलेसम्म खाइरहेको आरोप लगाएका छन् ।

‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै भूवन केसीले फेसबुकमा लेखेका छन्, 'खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !!'

भुवनको प्रतिक्रियापछि सम्राज्ञीले जवाफ फर्काउदै भनेकी छन्, ‘एक जनाले के भन्नुभएको छ भने जुन थालमा खायो त्यही थालमा दुलो पार्‍यो । उहाँले मसँग राम्रो व्यवहार गर्नुभएको थियो भने यो अवस्था आउने नै थिएन । आज यो अवस्था आएकै उहाँले गर्दा हो ।’
उनले भिडियोमा भुवन केसीको नाम भने उच्चारण गरेकी छैनन् । 

सम्राज्ञीले जापान अवार्डमा भुवन केसीले आफूमाथि नराम्रो व्यवहार गरेको आरोप पनि लगाएकी छन् ।

अवार्डमा अभिनेता केसीले भनेको कुरा सम्झँदै उनले भनेकी छन्, ‘तँ त मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस् यस्तो कुरा नगर भनेर मलाई सम्झाउनुभयो । त्यतिबेला मलाई भित्रैदेखि घिन लागिरहेको थियो । तै पनि हाँसेर बोलेँ ।’ 

साम्राज्ञीले अगाडी भनेकी छन्, ‘ती कुराहरु अलि टाढाबाट पनि भन्न सकिन्छ नी । गाला जोड्याएर, टाँस्सिएरै भन्नु पर्छ र ? छोरी अब यस्तो नगर है भन्दै गालामा मुख जोड्याएरै भनिराख्नुभएको थियो । तै पनि म सुनिरहेँ । उहाँलाई ‘अंकल’ भन्दा मन पर्दैन । त्यसैले मैले उहाँलाई ‘हुन्छ दाई’ भन्दै धकलेँ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै