• २०८३ असोज ५ सोमबार

आत्महत्या गरेका दैलेखका २१ बर्षिय युवालाई कोरोना पुष्टि

आत्महत्या गरेका दैलेखका २१ बर्षिय युवालाई कोरोना पुष्टि

काठमाडौँ । कर्णाली प्रदेशमा आत्महत्या गरेका २१ बर्षिय युवालाई कोरोना पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार दैलेखको दुल्लु नगरपालिका-१० गमौडी निवासी २१ बर्षिय युवाले असार ९ गते आत्महत्या गरेको र विहिबार (आज) गरिएको स्व़ाब परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयले मृतक पुरुषको शव व्यवस्थापनको कार्य भइरहेको जनाएको छ ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मृतकको संख्या ६ पुगेको छ ।

त्यस्तै नेपालमा भने योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै