• २०८१ जेठ ४ शुक्रबार

रोकिएन बारामा काठ तस्करी

kharibot

बारा । डिभिजन वन कार्यालय, सिमरा बाराले छापामारी गरी ठुलो परिमाणमा काठ बरामद गरेको छ ।

जिल्लाको कोल्हवी नगरपालिका वडा नं. ५ ककडी नयाँटोलबाट करिब पाँच हजार क्युवफिट अर्थात एक सय २० थान भन्दा बढी साल , सिसौको गोलाई र चिरान काठ बरामद गरेको हो ।

उक्त टोलका अधिकांस परिवारले नजिकैको जंगलबाट काठ चोरी तस्करी गरी घर परिषरमा लुकाई छिपाई राखेको अवस्थामा काठ बरामद भएको थियो ।

डिभिजन वन कार्यालय, सिमरा बाराका अधिकृत अब्दुल करिमको नेतृत्वमा रहेको टोली छापामारीमा खटेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

टोलीमा वनगस्ती, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सहजनाथ साझेदारी वन व्यवस्थापन समितिका प्रतिनीधि समेतको संयूक्त सहभागिता रहेको थियो ।

बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय मधुवन अन्तरर्गतको ईलाका वन कार्यालय ककडीमा घाटगद्दी गरि राखिएको छ ।

छापामारीका क्रममा काठ तस्करीमा संलग्न परिवारका सदस्यहरुसँग केही बेर झड्प हुने अवस्था श्रृजना समेत भएको थियो । तुरुन्त नियन्त्रणमा लिँदा पनि कति जना र कसलाई लिने भन्ने कुरामा अन्योल भएको कार्यालयले जनाएको छ ।

वास्तविक परिमाणको आधारमा काठ बरामद भएका घरहरुको छानवीन र अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउँने डिभिजन बन कार्यालय बाराका प्रमुख मंजुर अहमदले बताए ।

जिल्लामा ४७ हजार एक सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जस मध्ये ४१ सामुदायिक वन, ४ साझेदारी वन , पर्सा राष्ट्रिय निकुञ्ज र निजीवन क्षेत्र रहेका छन् ।

वन क्षेत्र भित्र भएको घना वस्ती र चौतर्फी रुपमा खोलिएका बाटोघाटोका कारण निमार्णधिन निजगढ अन्तराष्ट्रिय विमानस्थल र आसपासका वन क्षेत्रमा पछिल्लो समय सबै भन्दा बढी तस्करी हुँने गरेको छ ।

वन तस्करलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नेमा अधिकाशं स्थानीय नैं रहेको बन सरोकारवालाहरुको भनाई रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै