• २०८१ बैशाख ३१ सोमबार

वीरगंजमा ट्रकमा ५ सय बोरा छोकडासहित एक जना पक्राउ

kharibot

वीरगंज । भारततर्फ अवैध रूपमा तस्करी गर्न लागिएको आरोपमा प्रहरीले पाँच सय बोरा छोकडा र एक ट्रकसहित एक जनालाई वीरगंज भन्सार क्षेत्रबाट पक्राउ गरेको छ ।       

प्रहरी टोलिले वीरगंज महानगरपालिका वडा-१६ स्थित रजतजयन्ती  चोकबाट सो परिमाणको छोकड़ा र ट्रकसहित उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले ना.५.ख.९८५९ नंबरको ट्रकमा रहेको पाँच सय बोरा छोकडासहित बिशाल क्षेत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वीरगंज १६ घर भएका क्षेत्री, ट्रकका चालक हुन् । नेपालबाट ट्रकमा छोकडा भारत तस्करी भईरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आईतवार राती रजत जयन्ति चोकबाट ५ सय बोरा छोकडा सहिँतको ट्रक नियन्त्रणमा लिएको हो । 

ट्रकबाट पाँच सय वटा बोरामा रहेको दुई सय ५० क्वीन्टल छोकडा बरामद भएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र बहादुर शाहीले जानकारी दिए । 

बरामद गरिएको छोकडाको बजार मूल्य अन्दाजी ३७ लाख ५० हजार रुपैयाँ रहेको उनले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै