• २०८१ बैशाख २५ मंगलबार

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी, हृदयघात भएको आशंका

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश बिरामी परेका छन् । लाजिम्पाटस्थित निवासमा अचेत भएपछि उनलाई आइतबार बिहान काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाश दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ । यद्यपी अस्पतालले केही आधिकारिक जानकारी दिएको छैन।

छोरा बिरामी परेपछि झापाको विर्तामोडमा रहेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन्। हेलिकप्टर आउन ढिलाई भएकाले केही समय लाग्ने पारिवारिक स्रोतले बताएको छ।
यस्तै  चितवनबाट दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि अहिलेनै काठमाडौं आउँदैगरेको बताइएको छ । 

उनलाई हृदयघात भएको हुनसक्ने आशंका गरिए पनि अस्पतालले आधिकारिक रुपमा केही बताएको छैन । अस्पतालले भर्ना गरिएको मात्र भनेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै