• २०८१ बैशाख १६ आइतबार

स्व. प्रकाश दाहालस्मृति राष्ट्रिय मुवाथाई प्रतियोगिता भरतपुरमा सुरु 

kharibot

भरतपुर। स्व. प्रकाश दाहाल स्मृति राष्ट्रिय मुवाथाई प्रतियोगिता चितवनको भरतपुरमा शनिबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नम्बर ३ का सांसद एवम् शिक्षा, स्वास्थ्य कृषि समितिका सभापति घनश्याम दाहालले खेलकुदको क्षेत्रबाट व्यक्तिको साथै राष्ट्रको नाम उँचो राख्न मद्दत पुग्ने बताए । प्रदेश सरकारले खेलकुदमा लाग्ने व्यक्तिका लागि पेन्सन पाउने व्यवस्था सहितको ऐन निर्माण गरिरहेको उल्लेख गर्दै दाहालले खेल क्षेत्रका युवाहरुलाई सरकारले प्रोत्साहन गर्ने बताए ।
सोही प्रतियोगितामा देशभरका मुवाथाई क्लबहरुका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।जसमा लेडिज ४७ देखि ५० केजी तौल समूहमा काभ्रे मुवाथाईकी शर्मिला तामा·ले चितवन अलमार्सल आर्ट्सकी प्रिति रायलाई नकआउटमा हराईन् । ५० देखि ५४ केजी तौल समूहमा एम.ए. मोवाथाई कोटेश्वर क्लबकी दिक्षा थापाले चितवनकी नतिसा रानामगरलाई हराईन् ।

५७ देखि ६० तौल समूहमा शेर्पा म्याक्स मुवाथाई क्लबकी प्रमिला तामाङले केन्द्रीय मुवाथाई क्लबकी प्रियङ्का कमताडलाई हराईन्। ५५ देखि ५८ केजी तौल समूहकी शेर्पा म्याक्स मुवाथाई क्लबकी विद्या गुरु·ले एपिएफ क्लबकी अञ्जली श्रेष्ठलाई हराईन् ।
त्यस्तै आजको खेलमा पुरुषतर्फ ४८ केजी तौल समूहमा शेर्पा म्याक्स मुवाथाई क्लबका प्रदीप तामाङले भक्तपुर मुवाथाई क्लबमा  भिम्पा तामाङलाई हराए । ५१ देखि ५३ केजी तौल समूहमा चितवन अल मार्सल आर्ट्स क्लबका शनिल चौधरीले भक्तपुर मुवाथाई क्लबका नविस कार्की र ललितपुरका कविन देसारलाई हराए । ५७ देखि ६० केजी तौल समूहमा जिमखाना मुवाथाई क्लब काभ्रेका राजु राईलाई काभ्रेकै सुवास लिम्बूलाई हराए ।

६५ देखि ७० केजी तौल समूहमा काभ्रेका  सचिन्द्र रंजितले रेज फिटनेसका ज्ञानदीप मल्ललाई हराई गोल्डमेडल हात पारे । ७० देखि ७५ केजी तौल समूहमा केन्द्रीय मुवाथाई क्लबका विजय लामाले केन्द्रिय मुवाथाई क्लबका रसिप जारीलाई हराई गोल्डमेडल आफ्नो पक्षमा पारे ।
चितवनमा रहेको अल मार्सल आर्ट एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा देशभरीका २४ जना खेलाडीहरुले सहभागिता जनाएका छन् । आठ जना महिला तथा १६ जना पुरुष खेलाडी सहभागी रहेको प्रतियोगितामा १२ वटा फाइट गराइने अल मार्सल आर्ट एकेडेमीका अध्यक्ष उत्तम गुरुङले जानकारी दिए । तौल समूहमा खेलाइएको प्रतियोगिताको विजेताले नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने गुरुङको भनाइ छ । 

मुवाथाई प्रतियोगताको उद्घाटन सत्रमा नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपति, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ का अध्यक्ष नारायण दाहाललगायत अतिथिहरु सेवेनस्टार होटलका सञ्चालक एवम् पुरस्कारदाता माधव दवाडी, सिभिल बैंकका शाखा प्रमुख उपेन्द्र दाहाल, जिल्ला खेलकुदका विभिन्न संघका पदाधिकारीहरु टार्जन श्रेष्ठ, जंगबहादुर थिङ, कृष्ण कुमाल, यसै बिच साईनारा खेलाडी बिदाई हाेटल डिमाम चितवनकि प्रथम महिला पत्रकार डिलकुमारि नेपाललाई खेलकुद पत्रकारकाे क्षेत्रमा लामाे समय सममा याेगदान पुराएकाले  सममान गरिएकाे थियाे  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै