• २०८१ बैशाख २३ आइतबार

शंकर ग्रुपले ल्यायो केश ब्रान्डका निर्माण उपकरणमा नयाँ अफर

kharibot

काठमाडौँ  । शंकर ग्रुपले केश कम्प्याक्टर र व्याकहो लोडरको खरिदमा नयाँ अफर ल्याएको छ ।

‘प्राइज टनाटनी, अफर छानीछानी’ नामक अफर अन्तर्गत नेपालमा सबैभन्दा बढी विक्री हुने केश कम्प्याक्टर र व्याकहो लोडर को प्रत्येक खरीदमा युरोप भ्रमण, टिभीएसको स्ट्राइकर वा फिनिक्स मोटरसाइकल, ७.९९ प्रतिशत व्याजदर वा २००० घण्टा सम्मको सर्भिसि· मध्ये कुनै एक निःशुल्क प्राप्त गर्न सकिने जनाइएको छ । 

केश कम्पनीको उपकरणहरु आफैमा विश्व प्रसिद्ध, कम इन्धन खपत गरेर वढी उत्पादन दिने र न्युनतम सर्भिस खर्च लाग्ने कम्पनी हो । 

नेपालको सबैभन्दा बढि शाखा सन्जाल बाट (धनगडी, नेपालगन्ज, दाड, पोखरा, बुटवल, काठमाडौ, चितवन, हेटौडा, बिरगन्ज, जनकपुर, इटहरी, र बिर्तामोड) गुणस्तरिय बिक्री पछिको सेवा तथा सर्वसुलव पार्टस उपलब्ध गराउदै आएको छ। न्युनतम  इन्धन खपत गर्ने र बढि उत्पादन दिने केश कम्पनीको कम्प्याक्टर तथा व्याकहो लोडरको प्रत्येक खरिदमा २ वर्षको व्यारेन्टी तथा जगदम्बा क्रेडिट मार्फत तुरुन्त फाइनान्सको सुविधा पनि रहेका छन ।  

नेपालको प्रतिष्ठित व्यापारीक समुह शंकर ग्रुपले विगत लामो समयदेखि नेपालमा केश कम्पनीको निर्माण उपकरणहरु विक्री– वितरण गर्दै आएको छ । विभिन्न समयमा आफ्ना ग्राहक तथा डिलरहरुको लागि कम्पनीले विभिन्न प्रकारका अफरहरु निकाल्दै आइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै