काठमाडौँ । आइसीसी विश्वकप डिभिजन लिग-२ अन्तर्गत अंक तालिकामा ओमान लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
हालसम्म खेलेको नौ खेलमध्ये सातमा जित तथा दुईमा हारका साथ ओमानले १४ अङ्क बटुलेको छ ।
त्यस्तै यस अघि शिर्ष स्थानमा रहेको अमेरिका भने दोस्रो स्थानमा झरेको छ । अमेरिका अहिलेसम्म १० खेल खेल्दै ६ जितसहित १२ अङ्कसहित लिगको दोस्रो स्थानमा झरेको हो ।
त्यस्तै स्कटल्याण्ड ८ खेलमा ४ जितसहित ९ अंकले तेस्रो स्थानमा छ भने नामिबिया ७ खेलमा ४ जितसहित ८ अंक बटुलेर चौथो स्थानमा रहेको छ । त्यस्तै युएई ७ खेलमा ३ जितसहित ७ अंक बटुलेर पाँचौ स्थानमा रहेको छ ।
नेपालले भने हालसम्म खेलेको तीन खेलमा दुईमा हार तथा एकमा जित निकाल्दै दुई अङ्क जोडेको छ । नेपाल लिगको छैठौ स्थानमा छ ।
त्यस्तै पिएनजीले भने अहिलेसम्म खेलेका ८ खेलमा सबैमा हार बेहोरेर पुछारमा रहेको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग दुईमा नेपालसहित, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिविया, युनाइटेड अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेका छन् ।
कुल ७ टिममा शिर्ष तीन टिम २०२२ मा हुने ग्लोबल क्वालिफायरका लागि छनौट हुने छन् भने पुछारका चार टिम प्लेअफ खेल्ने छन् ।









