• २०८३ बैशाख १७ बिहीबार

वुमेन्स च्यालेन्ज ट्रफीमा भानुआटुमाथि नेपालको फराकिलो जित

वुमेन्स च्यालेन्ज ट्रफीमा भानुआटुमाथि नेपालको फराकिलो जित

काठमाडौं । नेपालले जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी अन्तर्गत भानुआटुलाई पराजित गरेको छ ।

विहिबार सम्पन्न खेलमा नेपालले भानुआटुलाई ८३ रनले पराजित गरेको हो ।

नेपालले दिएको १३३ रनको लक्ष्य पछाएको भानुआटुले १६.४ ओभरमा अलआउट हुदै ४९ रन मात्र बनाएको थियो । भानुआटुलाई अलआउट गर्नेक्रममा नेपाली बलर कविता कुँवरले ६ विकेट लिएकी थिइन् । त्यस्तै पुजा महतो र रचना चौधरीले २-२ विकेट लिएका थिए ।

यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर १३२ रन बनाएको थियो । नेपालका लागि सम्झना खड्काले सर्बाधिक ५२ रन बनाएकी थिइन् भने कप्तान इन्दु बर्माले ४३ र पुजा महतोले १९ रन बनाएकी थिइन् । 

यो जितपछि नेपालको ७ खेलमा ८ अंक भएको छ भने भानुआटुको ८ खेलमा २ अंक रहेको छ । नेपालले अर्को खेल मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै