• २०८१ असोज १३ आइतबार

ट्रम्पले हात मिलाएनन्, स्पीकर पोलेसीले भाषण च्यातिन् (भिडियोसहित)

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र स्पीकर नान्सी पोलेसीबीच फेरी विवाद भएको छ ।

स्टेट अफ द युनियनको भाषणका क्रममा राष्ट्रपति ट्रम्प मञ्चमा जानेक्रममा स्पिकर पोलेसीले हात मिलाउन हात अगाडी बढाएपनि ट्रम्प हात नमिलाई अगाडी बढेपछि पोलेसी आक्रोसित बनेकी थिइन् ।

ट्रम्पको भाषण सकिना साथ पोलेसीले उनको भाषणको प्रति च्यातेकी थिइन् । पोलेसीले ट्रम्पको भाषण भन्दा अगाडी ट्रम्पलाई आदरणीय शब्द समेत प्रयोग नगरेको देखिएको थियो ।

गत डिसेम्बरमा डेमोक्रेटिक पार्टीको बहुमत रहेको हाउस अफ रेप्रिजेनटेटिभमा ट्रम्पमाथि महाभियोग लगाउने प्रस्ताव पारित गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै