Skip This
  • २०८१ असोज ३ बिहीबार

ट्रम्प भन्छन्- आई हेट टेलर स्विफ्ट !

kharibot

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गायिका टेलर स्विफ्टलाई निशाना बनाएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘आई हेट टेलर स्विफ्ट’ पोस्ट गरेका छन् । ट्रम्पको पोष्टहरू टेलर स्विफ्टको इन्स्टाग्राम पोस्टको प्रतिक्रियामा आएका हुन् ।

टेलर स्विफ्टले सेप्टेम्बर ११ मा राष्ट्रपतिको बहसपछि कमला ह्यारिसको समर्थनमा पोस्ट गरेकी थिइन् । यस पोस्टमा टेलरले केही दिनदेखि भाइरल भइरहेको एआई जेनेरेट गरिएको भिडियोको पनि खण्डन गरेकी छिन्, जसमा उनी ट्रम्पको समर्थनमा देखिएकी थिइन् ।

टेलरले पोस्टमा उक्त भिडियो नक्कली भएको लेखेकी छन् । मैले निर्णय गरेको छु कि नोभेम्बर २०२४ मा हुने राष्ट्रपति चुनावमा म कमला ह्यारिस र टिम वाल्जलाई भोट दिनेछु । कमला र टिम ट्रम्पको प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेदवार हुन् ।

टेलर स्विफ्टले कमला ह्यारिसको प्रशंसा गर्दै उनलाई योद्धा, स्थिर र प्रतिभाशाली नेता भनेकी थिइन् । उनले अराजकताको सट्टा शान्तिका माध्यमबाट मुलुकमा धेरै उपलब्धि हुने कुरा गरेकि थिइन् । 

राष्ट्रपति चुनावमा टेलर स्विफ्टको समर्थनबाट कमला ह्यारिसले फाइदा लिन सक्ने बताइन् । टेलर स्विफ्टका फ्यान भएका अमेरिकी गोरा महिलाहरूको ठूलो समूह छ । स्विफ्टको समर्थनपछि उनीहरु पनि कमलाको समर्थनमा जान सक्ने बताइएको छ ।

इन्स्टाग्राममा टेलरका २८४ मिलियन फलोअर्स छन् । यो संख्या आफैमा ठूलो छ, त्यसैले यसको प्रभाव राष्ट्रपति चुनावमा देख्न सकिने विश्लेषण गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै