• २०८१ असोज १३ आइतबार

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

kharibot

काठमाडौँ । क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउदै १२३ रन बनाएको हो ।

क्यानडाका लागि साद बिन जफरले सर्बाधिक २३, श्रेयस मोभ्भाले २२, प्रवीन कुमारले १९, दिलप्रित बाज्वा र अखिल कुमारले १४-१४ र नवनीत धलिवालले १३ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सन्दीप लामिछाने र सोमपाल कामीले ३-३, रजिन ढकाल र  दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

अब नेपालले केहि बेरमा ब्याटिंग गर्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै