• २०८१ असोज १२ शनिबार

न्यूक्यासलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

kharibot

काठमाडौँ । म्यानचेस्ट सिटी न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ ।

शनिबार सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटी न्यूक्यासलसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

यस खेलमा म्यानचेस्टर सिटीका लागि खेलको ३५औँ मिनेटमा जोस्को ग्भारडिओलले गोल गरेका थिए । त्यस्तै न्यूक्यासलका लागि खेलको ५८औं मिनेटमा पाएको पेनाल्टीमार्फत एन्थोनी गोर्डनले गोल गरेका थिए ।

यस सिजनमा अपराजित रहेको म्यानचेस्टर सिटीको यो दोस्रो बराबरी हो । यो खेलपछि म्यानचेस्टर सिटीको ६ खेलमा १४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी न्यूक्यसल युनाइटेडको पनि यो यस सिजनको दोस्रो बराबरी हो । यो खेलपछि न्यूक्यसलको ६ खेलमा ११ अंक भएको छ र लिगमा पाँचौं स्थानमा छ ।
       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै