• २०८१ जेठ ५ शनिबार

भ्रमण वर्ष २०२० मा सहकारीकर्मीद्धारा मोटरसाइकल र्याली

kharibot

हेटौंडा । मकवानपुरमा रहेका विभिन्न सहकारी संस्थाहरुले भ्रमण वर्ष २०२० को सुरुवाती अवसरमा मकवानपुरको विभिन्न पर्यटन स्थलहरुमा मोटरसाइकल र्याली निकालेर स्वागत गरेको छ। भ्रमण वर्षलाई सफल बनाउनको लागि र्याली निकालेको जिल्ला बचत संघका अध्यक्ष कल्पना श्रेष्ठले बताईन् ।

जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले जिल्लामा रहेका सहकारीकर्मीको उपस्थितीमा हेटौंडाको क्याम्पाडाँडाबाट र्याली सुरु गरि ऐतिहासिक मकवानपुरगढी दरवार सम्म मोटरसाइकल र्याली निकालेको थियो।

मकवानपुरगढीका प्रमुख विदुर हुमागाई र दरवार रहेको वडा २ का अध्यक्ष बखान सिं पाख्रिनले स्वागत गर्दै भ्रमण वर्ष २०२० सफल पार्ने घोषणा गरेका छन्।

जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका दाहाल लगायत सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

मकवानपुरगढीमा औपचारिक कार्यक्रम पश्चात उक्त टोली हेटौंडा १७ मा रहेको चुच्चेखोला सामूदायिक वन समूह भित्र पर्ने शालक पार्कमा परिक्रममा गरिएको थियो ।  वन समूहका अध्यक्ष अर्जुन प्रसाद दाहालले फुलमालाले स्वागत गर्दै भ्रमण वर्ष २०२०  सफल पार्नको निम्ति शालक पार्क एउटा गन्तव्यको रुपमा रहेको बताए ।  

शालक पार्क पश्चात सहकारीकर्मीको टोली हेटौंडा १८ हर्नामाडीमा रहेको गुम्बाडाँडा पुगी र्यालीको समापन गरिएको थियो । ढुङ्गामा विभिन्न आकृतिका मुर्ति रहेको गुम्बाडाँडा पनि मकवानपुरको लागि पर्यटनको गन्तव्यको रुपमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै