काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । साग महिला फुटबलको फाइनलमा नेपाल भारतसँग २–० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन् ।
पोखरामा भएको फाइनल हारसँगै नेपालले लगातार तेस्रो पटक रजत पदकमा चित्त बुझाउनु परेको छ । खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले भने, ‘गोल्डको टार्गेट लिएर हिँडेको हुँ । यो पुरा गर्न नसक्दा मैले नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु ।’