झापा । क्यामेरा पूजा गर्दै झापा जिल्लाबाट चलचित्र ‘अमेरिका बोइज’ को छायांकन प्रारम्भ गरिएको छ । चलचित्रका कास्ट एन्ड क्रिउ यतिबेला झापामा रहेका छन् ।
फिल्मका मेकर प्रकाश भूजेलले झापामा करिब १४ दिन सुटिङ गरिने बताए । त्यसपछि बाँकी छायांकनका लागि टिम काठमाडौं फर्कने छ । साथै निर्माण यूनिटले छायांकन प्रारम्भ गरेसँगै रिलिज डेट समेत घोषणा गरेको छ ।
आउदो नयाँ वर्ष २०७५ सालको बैशाख १४ गते यो चलचित्र रिलिज हुने यस फिल्ममा सुनिल थापा, अर्पण थापा, सृष्टि कार्की, सन्दीप क्षेत्री र कामेश्वर चौरासियाको शीर्ष भूमिका रहेको छ ।
सृष्टिले यसै फिल्मबाट रजतपट डेब्यु गरेकी हुन् । अनुप थापा कार्यकारी निर्माता रहेको फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरिरहेका छन् ।