भरतपुर महानगरपालिका वडा नम्बर २० को पछिल्लो मत परिणाम अनुसार मेयर उम्मेदवार रेणु दाहालले १५६ रनले अग्रता कायम गरेकी छन् ।
रेणु दाहालले ४२९१३ मत पाएकी छन् भने एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२७५७ मत ल्याएका छन् ।
योसँगै भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
अहिले गणना भइरहेको वडा नम्बर २० को वडा अध्यक्ष र सदस्यमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।