• २०८१ बैशाख १६ आइतबार

भरतपुरमा रेणु दाहाल ४ मतले पछाडी 

kharibot

फाइल तस्विर

काठमाडौँ, भरतपुर महानगरपालिका वडा नम्बर २० को १६ सय मत गणना हुँदा मेयर उम्मेदवार रेणु दाहालले मत अन्तर घटाएकी छिन् । वडा नम्बर १९ को मत गणना सकिदा २२१ मतले पछाडी रहेकी रेणु वडा नम्बर २० को १६ सय मत गणना हुँदा रेणुले मत अन्तर ४ मतमा झारेकी छन् ।

२० नम्बर वडाको १६ सय मत गणना हुँदा देवी ज्ञवालीले ४२४१८ हजार मत ल्याएका छन् भने रेणु दाहालले ४२४१४ मत ल्याएकी छिन्। यसअघि वडानम्बर १९ मा वडा अध्यक्षमा कर्ण बहादुर गुरुङ प्यानल सहित विजयी भएका थिए ।

त्यस्तै उपमेयरमा भने कांग्रेसकी उम्मेदवार पार्वती शाह अगाडी रहेकी छन् । उपमेयरमा उनको जित निश्चित भएको छ ।

मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ । 

मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको छ । दलका प्रतिनिधि जालीभित्र रहनेछन् भने बाहिर कर्मचारीले मतगणना गर्नेछन् । राजनीतिक दलका प्रमुख नेतृत्व, उम्मेदवार र गणना हुने वडाका प्रतिनिधिबाहेक अन्य प्रतिनिधि राखिएको छैन । 

भरतपुर महानगरपालिका–१९ मा शुक्रबार भएको मतदानमा ७५ प्रतिशत मत खसेको छ । जम्मा ३७९७ मतदाता रहेको भरतपुर–१९ मा २८७० मत खसेको हो । अहिले भरतपुर–२० को खसेको ३३०२ मत गणना जारी रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै