• २०८१ बैशाख १७ सोमबार

कक्षा ११ को परीक्षाफल सार्वजनिक, कसरी हेर्ने नतिजा ?

kharibot

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक गरेको छ ।

गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको छ । 

त्यसमध्ये नियमिततर्फ ३ लाख ४९ हजार ६ सय ३ जना सहभागी थिए। नियमिततर्फको नतिजालाई जीपीएअनुसार नौ किसिमले सार्वजनिक गरिएको छ ।

तीमध्ये ३ दशमलब ६१ देखि ४ जीपीए हासिल गर्ने २ हजार ३ सय १९ जना छन् । त्यसैगरी ३.२१ देखि ३.६० जीपीएप्राप्त गर्ने १३ हजार ७७२ जना छन् ।

२.८१ देखि ३.२० जीपीए ल्याउने ३२ हजार २ सय ५३ जना, २.४१ देखि २.८० जीपीए पाउने ५४ हजार ८ सय १६ जना छन् ।

यसैगरी ८४ हजार २ सय ३९ जनाले २.०१ देखि २.४० जीपीए प्राप्त गरेका छन् भने सबैभन्दा धेरै ८९ हजार ६ सय ५० जनाले १.६१ देखि २ जीपीए पाएका छन् ।

यस्तै ४३ हजार ३७ जनाले १.२१ देखि १.६० जीपीए, ८ हजार १७१ जनाको ०.८१ देखि १.२० जीपीए र २१ हृजार ३ सय ४६ जनाको ०.८० जीपीए रहेका छन् ।

नियमितर्फ १८ जना परीक्षार्थी एक्सपेल्ड भएका छन्।

पुराना परीक्षा प्रणाली पूर्णाङ्कअन्तर्गत १७ हजार १ सय ४ जना परीक्षार्थी सहभागी थिए । तीमध्ये ७ हजार १ सय ३२ जना उत्तीर्ण भएका छन् । यो उत्तीर्ण प्रतिशत ४१ दशमलव ७० हो । यसैगरी आंशिक परीक्षातर्फ १ लाख ४२ हजार ३ सय ४५ परीक्षार्थी सहभागी थिए ।

कसरी हेर्ने नतिजा ?

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ  । नतिजा वेभसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ ।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेभसाइटबाट हेर्न सकिन्छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०० मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । NEB symbol no टाइप गरेर १६०० मा पठाएर नतिजा थाहा पाउन सकिन्छ ।

नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै