• २०८३ मङ्सिर ४ शुक्रबार

डा. सन्दुक रुइतसहित उनकी छोरी र भान्जी डेंगुबाट संक्रमित 

डा. सन्दुक रुइतसहित उनकी छोरी र भान्जी डेंगुबाट संक्रमित 

काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत डेंगुबाट संक्रमित भएका छन् । उनको अहिले काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार डा. रुइतसँगै उनकी एक छोरी र भान्जीलाई पनि डेंगु भएको छ । उनीहरुको पनि नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

डा.रुइत गत शुक्रबारदेखि नर्भिकमा उपचारत रहेको बुझिएको छ । अस्पताल तथा उनको परिवारले भएन यस बारेमा औपचारिक जानकारी अहिलेसम्म दिएको छैन ।

कम लागतमा मोतीविन्दुको उपचार गरेर विश्वभर चर्चा रहेका डा.रुइत कृषिमन्त्री चक्रपाणि खनाल पछि डेंगु संक्रमित हुने दोस्रो हाइप्रोफाइल व्यक्ति हुन् ।

अहिले देश भर डेंगुको प्रकोप बढेपछि यसले महामारीको रुप लिने संकेत देखिएको छ । सरकारले अहिलेसम्म डेंगुको कारण चार जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ भने अहिले सम्म २६ सय भन्दाबढी डेंगु संक्रमित भइसकेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै