• २०८१ असोज १ मंगलबार

चितवनमा डेंगु सङ्क्रमणबाट एकको मृत्यु

kharibot

प्रतिनिधि तस्बीर

चितवन । चितवनमा डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको हो । 

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७२७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । ३ हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये ५३२ जना चितवनका र अन्य जिल्लाका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै