• २०८१ जेठ ७ सोमबार

वीरगंजमा किशोरीमाथि एसिड प्रहार, एसिड छ्याप्ने युवक पक्राउ

kharibot

पर्सा । बिरगंज । घरबाट स्कुल जाँदै गरेकी एक जना छात्रामाथि शुक्रवार बिहान करिब ६ बजेको समयमा एसिड प्रहार भएको छ ।

दुई जनाको संख्यामा रहेका युवाहरुको समुहले बाटोमा हिँड्दै गरेकी ती छात्रालाई एसिड छ्यापेर गरि गम्भीर घाईते बनाएका हुँन् ।

बिरगंज छपकैयाकी १५ वर्षिय मुस्कान खातुन माथी एसिड प्रहार भएको हो । ती युवाहरुको समुहँले बिरगंज महानगरपालिका वडा नं.६ गणेशमान चोक, छप्कैया स्थित त्रिभुवन हनुमान माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत् ती छात्राको अनुहारमा एसिड छ्यापेका थिए ।

एसिड प्रहारबाट ती छात्राको देब्रे पट्टीको भाग पुरै जलेको छ । एसिड प्रहारबाट घाइते भएकी बालिकालाई उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएकोमा थप उपचारको लागि कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको छ ।

स्थानीय सम्साद मियाँ र माजिद आलमले मुस्कानलाई एसिड प्रहार गरेका थिए । एसिड छ्यापेर फरार भएका दुबै जना युवाहरु मध्ये सम्साद मियाँलाई प्रहरीले पक्राउ गरी अनुशन्धान सुरु गरेको छ । भने अर्का फरार माजिद आलमको खोजी कार्य तिब्र पारिएको प्रहरीले बताएको छ ।

१६ वर्षको उमेरका रहेका दुबै युवकले एसिड छ्याप्दा घाईते मुस्कानको छाती, हाँत र मुख जलेको छ ।

छात्रा खातुनकी माईजु रियाना खातुनका अनुसार घटनामा संलग्न दुबै चिनजान कै र छिमेकी नैं रहेको बताएकी छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै