• २०८१ बैशाख २० बिहीबार

इलियानाको फोटोग्राफर प्रेमीसँग ब्रेकअप !

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री इलियाना डिक्रूज आफ्ना फोटोग्राफर प्रेमी एन्ड्रयु निबोनसँग अलग भएकी छन् ।

मिडिया रिपोर्टका अनुसार डिक्रुजले लामो समय देखिका अस्ट्रेलियाली फोटोग्राफर प्रेमी एन्ड्रयुसँग अलग भएको बताइएको छ । यस अघि दुवैले विवाह गरिसकेको र डिक्रुज प्रेगनेन्ट समेत भएको समाचार आएको थियो । तर पछिल्ला घटनाक्रमले उनीहरु अहिले एक अर्का बाट टाढा भएको बताइएको छ ।

इलियानाले भने यस बारेमा सार्वजनिक रुपमा केहि भनेकी छैनन् । दुवैले सामाजिक संजालमा एक अर्कालाई अनफलो गरेको पाइएको छ । त्यस्तै इलियानाले आफ्नो इन्स्टाग्रामबाट एन्ड्रयुका सबै तस्बीर हटाएको पाइएको छ । यस अघि पोष्ट गरेका एन्ड्रयुका थुप्रै तस्बीर अहिले उनको इन्स्टाग्राममा देखिदैनन् ।

२००६ देखि बलिवुडमा सक्रिय रहेको ३२ बर्षिय इलियाना पछिल्लो पटक अजय देवगनसँगको फिल्म रेडमा देखिएकी थिइन् भने अब उनी पागलपन्तीमा अभिनय गर्दै छिन ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै