• २०८१ बैशाख २० बिहीबार

पुनःस्थापना भएनन् मुक्तकमैया

kharibot

प्रतिनिधि तस्बीर ।

धम्बोझी । बर्दियामा ११ हजार ७९७ मध्ये १० हजार ७३२ मुक्तकमैया परिवार पुनःस्थापना भएका छन् । पुनःस्थापना हुन बाँकी ६५ मध्ये ५३ परिवार हालसम्म सम्पर्कमा आएका छैनन् । 

सरकारले २०५७ सालमा कमैया मुक्तिको घोषणा गरेको हो । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कमैया प्रथा कायम थियो । दुई दशक बित्दा पनि कमैयाको पुनःस्थापना टुङ्गिएको छैन । भूमिसुधार तथा मालपोत कार्यालयका सूचना अधिकारी ओमप्रसाद गौतमका अनुसार मधुवन नगरपालिका–४ महेरवाका २३ मुक्तकमैया परिवारलाई हालै जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्रीले मुक्तकमैया परिवारलाई घर बनाउन काठबापत प्रतिपरिवार रु एक लाख ५५ हजार सरकारले उपलब्ध गराएको बताए । जग्गाधनी पुर्जा पाएपछि मुक्तकमैया बिमला थारूले खुशी व्यक्त गरीन ।

विवादका कारण उनीहरुले जग्गाधनी पुर्जा पाउन सकेका थिएनन् । बाँकी मुक्तकमैया परिवारलाई तत्काल पुनःस्थापना गर्न उनीहरुको माग छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै