काठमाडौँ । इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत म्यानचेस्टर युनाइटेडले इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ ।
सिंगापुरमा शनिबार भएको खेलमा म्यानचेस्टरले इन्टरमिलानलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
युनाइटेडको जितमा खेलको एकमात्र गोल १७ बर्षिय खेलाडी मासन ग्रीनवुडले गरेका थिए । ग्रीनवुडले खेलको ७६औ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
यस खेलमा युनाइटेड छोड्न खोजेका पाउल पोग्वा खेलेका थिए भने बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई भने बेन्चमा राखिएको थियो ।
प्रतियोगितामा युनाइटेडले टोटनह्याम र एसी मिलानसँग खेल्ने तालिका रहेको छ ।