• २०८१ बैशाख २३ आइतबार

बुटवल पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा

kharibot

पाल्पा । बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै पहिरो गई अवरुद्ध बनेको सडक २० घण्टापछि एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।

शनिबार दिउँसो  पहिरो गएर अवरुद्ध बनेको सडक पहिरो हटाइएपछि सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

भिरबाट ढुङ्गा खस्नेक्रम नरोकिएका कारण शनिबार साँझसम्म पनि पहिरो हटाउन सकिएको थिएन ।

आज बिहानैदेखि डोजर लगाएर पहिरो हटाएपछि रोकिएका सवारी साधन सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए ।

शनिबार दिउँसो पहिरामा परी एक युवकको मृत्यु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै