• २०८१ बैशाख १६ आइतबार

तिनाउमा आज शोक बिदा

kharibot

रामपुर (पाल्पा) । पाल्पाको तिनाउ गाउँपालिकाले आज शोक बिदा दिएको छ ।

मंगलबार पाल्पाको डुम्रेबाट चिदिस हुदै शिखरडाँडा जादै गरेको यात्रु बहक जीप दुर्घटना हुदा १० जनाको मृत्यु भएपछि तिनाउ गाउपलिकाले आज शोक बिदा दिएको हो ।

गाउपालिकाले जीप दुर्घटनाबाट ठुलो मानवीय क्षतिले मर्माहत भएको भन्दै दुख व्यक्त गरेको छ ।

मंगलबार साँझ लु१ज २३७१ नम्बरको जीप मङ्गलवार साँझ दुर्घटना भएको थियो । आफैँ अनियन्त्रित भएर जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । यस दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । जीपमा धेरै यात्रु चढेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै