• २०८१ बैशाख २३ आइतबार

नेपाल लाईफको साधारणसभा सम्पन्न, २५ प्रतिशत बोनस शेयर दिने घोषणा 

kharibot

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीले यही जेठ चार गते शनिवार बीरगंजमा १९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले शेयरधनीहरुलाई चुक्त पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२३.५० (कर सहित) वितरणको प्रस्ताव पारित भएको छ । 

बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्त पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक पाँच अर्ब ४९ करोड ९६ लाख १६ हजार आठ सय १० रुपैयाँ पुग्ने छ । 

अध्यक्ष गोविन्द लाल संघाईको सभापतित्वमा सम्पन्नसाधारण सभामा स्वागत मन्तव्य एवं बार्षिक प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष संघाईले समिक्षा बर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।

सभाबाट आर्थिक बर्ष २०७४—०७५ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा स्वीकृत भएको छ । 

हाल कम्पनीको लगानी ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोड भन्दा बढी रहेको छ । कम्पनीमा एक लाख २२ हजार भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेकाछन् ।  कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब एक सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति कम्पनीमा बीमित भइसकेकाछन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै