• २०८१ बैशाख २३ आइतबार

गौचन हत्याको एमालेद्वारा विरोध, निर्वाचन सार्ने काम लोकतन्त्र विरोधी हुने निर्णय 

kharibot

काठमाडौँ ।  नेकपा एमालेले निर्माण व्यवसायी शरद कुमार गौचन हत्याको विरोध गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको एमाले स्थायी समिति बैठकले गौचन हत्याको विरोध गर्दै दोषी पत्ता लगाई यथाशिघ्र कानुन बमोजिम कारवाही अग्रण सरकारसँग माग गरेको छ ।

एमाले उपाध्यक्ष भीम रावलले बैठकको निर्णय बारे जानकरी दिदै सरकार निर्वाचन सार्ने तयारीमा रहेको र यो काम लोकतन्त्र विरोधी रहेको एमालेको ठहर रहेको बताए । बैठकले माओवादी केन्द्रका मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउनु निर्वाचन आचारसंहिता विपरित रहेको निर्णय गरेको छ ।

त्यस्तै बैठकले एमालेका समानुपातिक तर्फका उम्मेदवारको सुची आगामी असोज २६ र २७ मा बस्ने स्थाई समितिले टुग्याउने जानकारी नेता रावलले दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै