• २०८१ बैशाख २८ शुक्रबार

फोरम र नयाँ शक्ति एकीकरण : बन्ला त वैकल्पिक शक्ति ?

kharibot

काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकताको  घोषणा आज हुदै छ ।

एकीकरणपछि पार्टीको नाम समाजवादी पार्टी, नेपाल हुने दुवै अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले एक विज्ञप्ति जारी गरेर आइतबार जानकारी दिएका छन् ।

नेकपा मोडलमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष रहने सहमति भएको बताइएको छ ।

केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका यी दुई दलबीच दुवै पक्षबीच सांगठनिक विषयमा कुरा मिलिसकेको बताइएको छ ।

वैकल्पिक शक्ति बन्ने प्रयास :

देशको राजनीतिमा नेकपा र नेपाली काँग्रेसलाई विकल्प दिने अभियानका रुपमा फोरम र नयाँ शक्तिको एकतालाई लिइएको छ । यस एकता प्रक्रियामा अर्को मधेसवादी दल राजपालाई पनि समावेश गर्ने पहल शुरु भएको छ । यस विषयमा पटक पटक वैठक बसेपनि सहमति भने अझै हुन् बाँकी छ । राजपा एकतामा नआएपनि रणनीतिक रुपमा भने नयाँ बन्ने समाजवादी पार्टीसँग नजिक हुने बताइएको छ ।

अब समाजवादी पार्टीले नेकपा र काँग्रेसको विकल्प दलको रुपमा आफुलाई स्थापित गर्न सक्छ त भन्ने प्रश्न अहिले उठिरहेको छ । यस अघि वैकल्पिक शक्तिको रुपमा विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण भएको थियो । तर वैचारिक स्पष्टता र संगठानिक कमजोरीका कारण विवेकशील साझाले विकल्प दिन सकेन र अहिले उनीहरु फेरी अलग अलग बाटोमा हिडिसकेका छन् ।

त्यस्तै तत्कालिन माओवादी केन्द्रसँग अलग भएर नयाँ शक्ति बनाएका डा.बाबुराम भट्टराईले पनि वैकल्पिक राजनीतिक शक्ति बनाउने अभियान स्वरूप नयाँ शक्तिको निर्माण गरेका थिए । तर अधिकांश नेताहरुले छोडेर गएपछि उनको वैकल्पिक शक्ति बनाउने अभियान यतिकै सेलाएको थियो । तर अहिले अभियानले फेरी एक पटक चर्चा पाएको छ ।

अहिले उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरम सरकारमा रहेको छ भने अब नयाँ शक्तिसँगको एकीकरणपछि सरकारमा रहन्छ की रहदैन भन्ने विषयपनि अझै स्पष्ट भएको छैन । 

तर एकीकरण हुदै गरेको फोरम र नयाँ शक्तिको एकीकरण पछि राजनीति वृतमा नयाँ ध्रुवीकरण भने हुने देखिएको छ । नेकपा सरकारले सोचे अनुसार काम गर्न नसकको अवस्थामा नयाँ पार्टी सरकार मै बसेर अगाडी बढ्छ कि सरकारबाट बाहिरिएर आफ्नो राजनीतिक गतिविधि अगाडी बढाउछन् त्यसले पनि वैकल्पिक शक्तिको भूमिकामा समाजवादी पार्टी कति सशक्त हुन्छ त्यसले नै निर्धारण गर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै